रामचन्द्र पौडेलले भने : हाम्रो हातबाट सबैथोक जाने भयाे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रामचन्द्र पौडेलले भने : हाम्रो हातबाट सबैथोक जाने भयाे

    खबरपुञ्ज संवाददाता

    ९ पुष २०७९, आईतवार

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिस्थिति नियन्त्रणबाहिर जान्छ कि भन्ने डर लागेको बताएका छन् ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारको बैठक छाडेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भन्दै हिँडेपछि पौडेलले यस्तो टिप्पणी गरेका हुन् ।

    उनले भने, ‘हाम्रो हातबाट सबैथोक जान्छ कि भन्ने डर छ, के हुन्छ यो देशको अवस्था मलाई चिन्ता छ ।’

    कांग्रेस नेता विमलेन्द्र निधिले राष्ट्रपति र प्रधानमन्त्री पद कांग्रेसले लिने देउवाको सन्देश आइतबार विहान प्रचण्डलाई सुनाएका थिए । उनले दोस्रो पालोमा प्रधानमन्त्री पद लिन प्रचण्डलाई आग्रह गरेका थिए ।