पोखरा । गण्डकी प्रदेशमा नेकपा एमालेका नेता खगराज अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना बलियो भएको छ । एमाले नेतृत्वको गठबन्धनमा प्रचण्ड प्रधानमन्त्री बन्ने भएपछि सातवटै प्रदेशमा सरकार बन्ने भएको छ ।
दलबीच भागबण्डा हुँदा गण्डकी प्रदेश एमालेले लिने सम्भावना छ । एमालेका तर्फबाट अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना बलियो भएको छ । अधिकारी कास्कीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।