सडक दौडमा पुरुषतर्फ सहास र महिलातर्फ सुस्मिता विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सडक दौडमा पुरुषतर्फ सहास र महिलातर्फ सुस्मिता विजयी

    खबरपुञ्ज संवाददाता

    ७ माघ २०७९, आईतवार

    दमौली । जिल्ला खेलकुद विकास समिति तनहुँले आज आयोजना गरेको सडक दौड प्रतियोगितामा पुरुषतर्फको उपाधि सहास पन्थले जितेका छन् ।

    व्यास नगरपालिका–३ स्थित अनसनचौतारीदेखि व्यास नगरपालिका–१४ छाब्दीसम्मको सात किलोमिटर दूरी पार गर्दै पन्थले उपाधि जितेका हुन् । पुरुषतर्फ सनम गुरुङ द्वितीय र साजन थापा तृतीय भएका छन् ।

    महिलातर्फ सुस्मिता रानाभाट प्रथम, नम्रता गुरुङ द्वितीय र रश्मी रानाभाट तृतीय भएका छन् । पुरुषतर्फ ३४ र महिलातर्फ १५ धावकको सहभागिता थियो ।

    पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु आठ हजार, रु पाँच हजार र रु तीन हजार नगद पुरस्कार प्रदान गरिएको छ । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजार नगद पुरस्कार प्रदान गरिएको समितिका अध्यक्ष अनिल पाण्डेले बताए ।

    खेलबाट पर्यटन प्रबद्र्धन गर्नुका साथै खेलकुदमा युवाहरुको आकर्षण बढाउने उद्देश्यसहित दौड प्रतियोगिता आयोजना गरिएको पाण्डेले बताए ।

    यसअघि प्रतियोगिताको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलमार्फत् पर्यटकीय स्थलको प्रचारप्रसारमा नगरपालिका पनि लागिपरेको बताए । नगरपालिकाले प्रत्येक वर्ष सहिद दिवसको अवसरमा मानुङदेखि पुलिमराङसम्म अल्ट्रा म्याराथन गर्दै आएको उनको भनाई थियो ।