मापदण्ड विपरितका होर्डिङ बोर्ड हटाउँदै बन्दीपुर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    मापदण्ड विपरितका होर्डिङ बोर्ड हटाउँदै बन्दीपुर

    खबरपुञ्ज संवाददाता

    ११ माघ २०७९, बिहीबार

    दमौली । बन्दीपुर गाउँपालिकाले बन्दीपुर बजारमा मापदण्ड विपरित राखिएका फ्लेक्स बोर्ड हटाउन सुरु गरेको छ ।

    बन्दीपुरको सुन्दरतालाई कायम राख्न मापदण्ड विपरित राखिएका होर्डिङ बोर्ड हटाउन थालिएको हो । गाउँपालिकाको मापदण्ड अनुसारको बोर्ड भने राख्न पाइने प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

    साथै बजारमा नियमविपरीत अव्यवस्थित रुपमा राखिएका टेवल कुर्ची तथा व्यापारिक प्रयोजनका सामाग्रीहरु हटाई व्यवस्थित गर्न आग्रह गरिएको श्रेष्ठले बताए ।