तनहुँलाई भुल्न सक्दिन : सांसद श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँलाई भुल्न सक्दिन : सांसद श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    १९ माघ २०७९, शुक्रबार

    दमौली । नेकपा (एकीकृत समाजवादी) का नेता एवं बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले तनहुँलाई भुल्न नसक्ने बताएका छन्।

    गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा–४ बाट निर्वाचित भएपछि पहिलो पटक तनहुँ आएका श्रेष्ठलाई नेकपा (एकीकृत समाजवादी) तनहुँले बिहीबार आयोजना गरेको बधाई कार्यक्रममा श्रेष्ठले आफ्नो राजनीति तनहुँबाट सुरु भएकाले तनहुँलाई भुल्न नसक्ने बताए ।

    विशेष परिस्थितिले चुनावका बेला अन्यत्र जानु परेपनि तनहुँसँग छुट्टै सम्बन्ध रहेको सांसद श्रेष्ठको भनाई थियो । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका श्रेष्ठले अन्तिसम्म तनहँुबाट नै चुनाव लड्ने अडान राखेको भएपनि तत्कालिन सत्ता गठबन्धनका नेताहरुको अनुरोधलाई स्वीकार गरेर बारा जानुपरेको प्रष्ट पारे ।

    तनहुँमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउनका लागि गठबन्धनका नेताहरुले अनुरोध गरेपछि आफू बारा गएको श्रेष्ठको भनाई थियो । आफूले तनहुँ मात्र नभई देशको जुनसुकै निर्वाचन क्षेत्रबाट टिकट दिएको भएपनि जितेर आउने श्रेष्ठले दावी गरे । तनहुँको विकास र समृद्धिका लागि आफू सदैव लागिपर्र्न श्रेष्ठले बताए ।

    वर्तमान सत्तागठबन्धन लामो समयसम्म नटिक्ने र माओवादी केन्द्र अहिलेको गठबन्धनबाट बाहिरिएर नेकपा (एकीकृत समाजवादी) र नेपाली काङ्ग्रेस सहितको गठबन्धनमा नयाँ सरकार निर्माण हुने श्रेष्ठले दावी गरे ।