नेपालबाट लगिएको शालिग्रामको भारतमा रामको मूर्ति नबन्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपालबाट लगिएको शालिग्रामको भारतमा रामको मूर्ति नबन्ने

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०७९, बिहीबार

    काठमाडौं । भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको बेनीस्थित कालीगण्डकीबाट लगिएको शालिग्रामबाट रामको मूर्ति नबन्ने भएको छ ।

    शन्त तथा विशेषज्ञबीचको विवादका कारण शालिग्रामबाट रामको मूर्ति नबन्ने भएको हो । शालिग्रामलाई पुजिने भएकाले शालिग्राममा घन, छिना , हतौडाको प्रयोग गर्न नहुने शन्तहरुको तर्क छ ।

    सोही कारण अब अयोध्यायमा कालीगण्डकीको शालिग्राम ठाउँमा सगमर , ग्रिनाइट वा मार्वलको प्रयोग गर्न सकिने जनाइएको छ । राम मन्दिर निर्माण समितिका अध्यक्ष दिवेन्द्र मिश्रालाई उध्रदत गर्दै भारतीय संचार माध्यम टिभीनाइनले जनाए अनुसार उक्त शालिग्रामलाई भारत पुर्याइएसँगै भक्तजन, सादु शान्त र विशेषज्ञबीच उक्त शालिग्रामबाट मूर्ति निर्माण गर्ने वा नगर्ने भन्ने विवाद उत्पन्न भएको थियो ।

    सोही विवादको फलस्वरुप नेपालको शालिग्रामबाट मूर्ति नबन्ने भएको हो ।