सिद्धबाबामा सुरुङमार्गको तयारी : सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ८ घण्टा बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सिद्धबाबामा सुरुङमार्गको तयारी : सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ८ घण्टा बन्द

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०७९, शुक्रबार

    बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि डाइभर्सन बनाउन दैनिक आठ घण्टा राजमार्ग बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ११ सय मिटर लामो सुरुङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख रुपैयाँ रकममा ठेक्का पाएर काम सुरु गरिरहेको छ ।

    सिद्धबाबा सुरुङ मार्ग योजना बुटवलले शुक्रबार सूचना प्रकाशित गरी सडक डाइभर्सनको काम शुरु भएको र सवारी साधन चल्दा दुर्घटनाको जोखिम देखिएकाले फागुन १३ देखि २७ गतेसम्म दुई पटक गरेर दैनिक ८ घण्टा राजमार्ग बन्द गर्न लागिएको जनाएको छ ।

    ‘डाइभर्सन निर्माण स्थलमा माथि पहराबाट ढुंगाहरु खसिरहेकाले कुनै पनि बेला दुर्घटना हुन सक्ने संभावना रहेकाले ढुंगाहरुलाई पूर्णरुपमा व्यवस्थित गर्नका लागि वैकल्पिक सडकको व्यवस्थापन गरेर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन आवागमनलाई पूर्णरुपमा बन्द गरिने छ’ योजना प्रमुखले निकालेको सूचनामा उल्लेख छ ।