सबै तहका सरकारमा मगर समुदायको प्रतिनिधित्व बढाउनुपर्छ : अध्यक्ष थापा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सबै तहका सरकारमा मगर समुदायको प्रतिनिधित्व बढाउनुपर्छ : अध्यक्ष थापा

    खबरपुञ्ज संवाददाता

    १४ फाल्गुन २०७९, सोमबार

    दमौली । नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष सिद्धान्त थापा मगरले सबै तहका सरकारमा मगर समुदायको प्रतिनिधित्व बढाउन आवश्यक रहेको बताएका छन् । ४१ औ मगर दिवसका अवसरमा सोमबार दमौलीमा आयोजित कार्यक्रममा थापाले मगर समुदायलाई सबै तहका सरकारमा पुर्याउन एकताको आवश्यकता रहेको बताए ।

    मगर समुदायको अधिकार स्थापितका लागि सडक र सदनबाट आवाज उठाउन जरुरी रहेको उनको भनाई थियो ।

    उनले मगर समुदायलाई नवीन शैलीबाट अगाडी बढाउनुपर्ने भन्दै थपे, ‘भाषाको मात्र नभई वर्तमान परिवेशमा समाज सुहाउँदो शैलीबाट अगाडी बढ्नुको आवश्यकता छ ।’

    मगर समुदायको हितका लागि कसरी काम गर्न सकिन्छ भन्नेमा गम्भीर रहेको मगरले बताए । सबै स्थानीय तहमा पाठ्यक्रम बन्ने क्रममा रहेकाले मगर समुदायको पनि पाठ्यक्रम बनाउन दबाब दिनुपर्ने उनले बताए ।

    बिदा नदिएकामा विरोध

    मगर स्थापना दिवसको अवसरमा व्यास नगरपालिकामा बिदा नदिइएकामा उनले विरोध जनाएका छन् । उनले व्यासमा बिदा नदिएकामा नगरप्रमुखप्रति खेद प्रकट गरे ।

    ‘२/२ पटक मेयर बनाउँदा मगर समुदायको साथ चाहिने । अनि मगर संघकै कार्यक्रममा आउन नसक्ने, मगर समुदायलाई हेप्ने काम भएको छ,’ उनले भने, ‘यसबारेमा स्पष्टीकरण दिन आवश्यक छ ।’

    जिल्ला समन्वय समितिका पूर्व सदस्य निलबहादुर थापाले मगर संघको कार्यक्रमलाई स्थानीय सरकारले प्राथमिकता नदिएको बताए । उनले भने, ‘उहॉहरुको कार्यक्रममा मगर समुदाय जान हुने, हाम्रो कार्यक्रममा उहॉहरु आउन नहुने । उहॉहरुलाई मगर समुदायको भोट मात्रै चाहिएको रहेछ ।’