दमौली । नेपाल शिक्षक संघ तनहुँको नयॉ नेतृत्व चयनका लागि बुधबार मतदान भएको छ । व्यास नगरपालिका-२ सत्यवती माविमा भएको मतदानमा १७४२ मत खसेको छ । कुल २२१२ मतदाता थिए ।
संघको अध्यक्षका लागि चार जनाबीच प्रतिस्पर्धा भएको छ । भरत काफ्ले, ज्ञानेन्द्र न्यौपाने, रमेशबाबु भट्टराई र उपेन्द्र विष्ट अध्यक्ष उम्मेदवार हुन् । संघको सचिव र सहसचिव महिला भने सर्वसम्मत भइसकेको छ ।
बुधबार सॉझैबाट मतगणना गर्ने तयारी छ ।