तीन विकेट गुमेपछि नेपालको सम्हालिएको प्रदर्शन, यूएईविरुद्ध कुशलको अर्धशतक पूरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तीन विकेट गुमेपछि नेपालको सम्हालिएको प्रदर्शन, यूएईविरुद्ध कुशलको अर्धशतक पूरा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । ३११ रनको लक्ष्य पछ्याउने क्रममा खराब शुरूआत गरे पनि आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत नेपालका कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्। उनले ३२ बलमा अर्धशतक बनाएका हुन्। यस क्रममा उनले ४ छक्का र ३ चौका प्रहार गरे। 

    त्रिवि क्रिकेट मैदानमा ७ ओभर नपुग्दै ३ विकेट गुमाएको नेपालले यूएईविरुद्ध अहिले भने केही सम्हालिएको प्रदर्शन गरेको छ। 

    यसअघि नेपालका ओपनर ब्याटर आशिफ शेख खाता नखोली आउट भए भने कुशल मल्ल ५ बलमा ५ रन बनाएर आएट भएका थिए भने ​कप्तान रोहित पौडेललाई पनि नेपालले १६ रनमै गुमाएको थियो।