विश्वकप छनोटमा पुर्‍याउने खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने सरकारको घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    विश्वकप छनोटमा पुर्‍याउने खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने सरकारको घोषणा

    खबरपुञ्ज संवाददाता

    ३ चैत्र २०७९, शुक्रबार

    काठमाडौ । सरकारले विश्वकपको छनोट चरणमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिग २ मा सहभागी सबै खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेका हुन्। खेलाडीहरुलाई शुक्रबार बालुवाटारमा बधाई दिँदै दाहालले उक्त घोषणा गरेका हुन् ।

    विश्वकप लिग २ अन्तर्गत हिजो भएको अन्तिम खेलमा युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगेको थियो। कीर्तिपुरमा भएको खेलमा डिएलएस मेथडका आधारमा ३११ रनको लक्ष्य दिएको युएईलाई नेपालले ९ रनले पराजित गरेको थियो।