दमौली । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसका स्ववियु सभापति उम्मेदवार सविन लामिछानेले सबै विद्यार्थी संगठनको अपनत्व हुने गरी समिति निर्माण गर्न माग गरेका छन् ।
क्याम्पस प्रशासनले शुक्रबार सूचना जारी गरी निर्वाचन स्थगित गरेपछि लामिछानेले स्ववियुलाई बलियो बनाउन सबैको अपनत्व हुनुपर्ने बताए ।
उनले भने, ‘स्ववियु भनेको सम्पूर्ण विद्यार्थीहरुको साझा छाता सङगठन हो । विद्यार्थी हकहित शैक्षिक क्षेत्रमा देखिएका समस्याको निराकरण र शैक्षिक संस्थामा देखिएको अनियमिताको नियमन गर्नुपर्छ । यो संगठनलाई सबैको अपनत्व कायम हुने बनाउनुपर्छ ।’