तनहुँ-१ को उपनिर्वाचनका लागि २६ दल दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँ-१ को उपनिर्वाचनका लागि २६ दल दर्ता

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०७९, सोमबार

    काठमाडौ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ-१ मा २६ राजनीतिक दल दर्ता भएका छन्। 

    निर्वाचन आयोगमा ११७ राजनीतिक दल दर्ता भए पनि वैशाख १० गते हुने उपनिर्वाचनका लागि २६ दलमात्र दर्ता भएका हुन्। आयोगले तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै वैशाख १० का लागि उपनिर्वाचन मिति घोषणा गरेको थियो।

    यस्तै बारा-२ क चितवन-२ मा पनि सोहि मितिमा उपनिर्वाचन हुँदैछ । चितवन-२ मा १८ दल भएका छन्।

    निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि यही चैत ८ देखि १२ सम्मका लागि दर्ताको समय दिएको थियो।

    तीनवटै क्षेत्रमा मतदान सम्पन्न भएको एक साताभित्र नतिजा सार्वजनिक गरिसक्ने आयोगले जनाएको छ।