दमौली । नेकपा एकीकृत समाजवादी तनहुँले वैशाख १० गते हुने उपनिर्वाचनमा पिएल श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सो पार्टीको बिहीबार बसेको बैठकले पोलिटव्युरो सदस्य समेत रहेका श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नेकपा एसका अध्यक्ष श्रीराम कार्कीले मसिर ४ गते निर्वाचनमा आफ्नो पार्टीलाई अन्याय भएकाले यो पटक आफूहरुको शसक्त दावा सहित उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए ।