दमौली । नेकपा माओवादी केन्द्रकी नेतृ ओमकुमारी पौडेलले वैशाख १० गते हुने उपनिर्वाचनमा आफ्नै चुनाव चिन्हमा मतदान गर्ने आम जनताको चाहना पार्टी नेतृत्वले पूरा गर्ने बताएकी छन् ।
माओवादी केन्द्रको केन्द्रीय सदस्य पौडेलले जिल्लावासीको भावना पार्टी नेतृत्वले कदर गर्ने भन्दै भनिन्, ‘ यो निर्वाचनमा हामी आफ्नै प्यारो पार्टी र आफ्नै प्यारो चुनाव चिन्ह गोलाकार भित्रको हसिया हथौड़ामा मतदान गर्ने र मुलुकको समृद्धिका खातिर तनहुँका प्रिय जनताको वास्तविक प्रतिनिधित्व सहित नेतृत्वदायी भुमिकामा रहनेछौ ।’
माओवादी केन्द्रले तनहुँ-१ को उपनिर्वाचनमा तीन जनालाई सिफारिस गरेकामा नेता श्रीराम ढकालले आफू उम्मेदवार नबन्ने बरु युवालाई सहयोग गर्ने बताएका छन् । उनले भनिन् ‘श्रीराम ढकाल कमरेडको त्याग र अभिभावकीय भूमिका अनि युवा प्रतिको सकारात्मक बुझाइ र भरोसाका प्रति उच्च सम्मान प्रकट गर्दछु । हामी सिङ्गै तनहुँ जिल्ला पार्टी र म स्वयं पार्टी केन्द्रको निर्णयको पर्खाइमा रहेको व्यहोरा अनुरोध गर्दछु ।’