कांग्रेसका गोविन्द भट्टराईको उम्मेदवारी दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    कांग्रेसका गोविन्द भट्टराईको उम्मेदवारी दर्ता

    खबरपुञ्ज संवाददाता

    १९ चैत्र २०७९, सोमबार

    दमौली । तनहुँ १ मा नेपाली कांग्रेसका गोविन्द भट्टराइले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा रघुनाथ पौडेल र समर्थकमा सरिता गुरुङ छन् ।

    नेपाली कांग्रेसले उम्मेदवारी दर्ता पहिले दमौलीमा कोणसभा गरेको थियो । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका भट्टराईको उम्मेदवारी दर्ताका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा दमौली आएका छन् । मनोनयन दर्ताका लागि कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी लगायतका नेता उपस्थित छन् ।

    उनी साइत हेराएर उम्मेदवारी दर्ता गर्न पुगेका थिए । सोही कारण उम्मेदवारी दर्ता ढिला भएको हो । उनले दिउँसो ३:१४ मा उम्मेदवारी दर्ता गरेका हुन् ।

    गोविन्द भट्टराई २०७४ मा तनहुँ १ (क) मा एमालेका रामबहादुर गुरुङसँग पराजित भएका थिए । गुरुङले १८ हजार २६५ मत ल्याएर जित दर्ता गराउँदा भट्टराईले १६ हजार ८७८ मत ल्याएर पराजित भए ।

    उनी मंसिर ४ को निर्वाचनमा पनि आकंक्षी थिए । रामचन्द्र पौडेलले टिकट पाएपछि बागी उम्मेदवारी दर्ता गराउने तयारीमा थिए । कांग्रेस केन्द्रीय पदाधिकारी र राष्ट्रिय सभामा लैजाने आश्वासन पाएपछि उम्मेदवारी दर्ता गराउनबाट पछाडि हटेका भट्टराईले रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै उपनिर्वाचन लड्न टिकट पाएका छन् । उपनिर्वाचन लड्नलाई १२ जनाले इच्छा राखेका थिए ।

    यस अगावै नेकपा एमालेका सर्वेन्द्र खनालसँगै राष्ट्रिय जनमुक्ति पार्टीका पुर्णबहादुर राना, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङले उम्मेदवारी दर्ता गराइसकेकी छन् ।
    राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराउँदै छन् ।