काठमाडौ । आगामी बैशाख १० गते देशका तीन निर्वाचन क्षेत्रमा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारहरको अन्तिम नामावली प्रकासन गर्ने तयारीमा निर्वाचन आयोग रहेको छ । आयेगले आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकासन गरे सँगै उम्मेदवरलाई चुनाव चिन्हसमेत वितरण गर्न लगेको हो ।
आज बिहान ९ बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको र त्यसपछि अन्तिम नामावली प्रकासन गरिने आयोगले जनाएको छ ।
चितवन २, तनहुँ १ र बारा २ प्रतिनिधिसभा क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।