थाप्लोबाट नाम्लो हटाएँ, सांसद भए झन् बढी काम गर्छु : भट्टराई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    थाप्लोबाट नाम्लो हटाएँ, सांसद भए झन् बढी काम गर्छु : भट्टराई

    खबरपुञ्ज संवाददाता

    २ बैशाख २०८०, आईतवार

    दमौली । नेपाली कांग्रेसका तर्फबाट तनहुँ-१ का उम्मेदवार गोविन्द भट्टराईले काम गरेर परिवर्तन ल्याएकालाई जिताउन आग्रह गरेका छन् ।

    भट्टराईले जनताको एक भोटले भविष्य निर्धारण गर्ने भएकाले काम गरेर परिवर्तन ल्याएकाको मूल्यांकन हुनुपर्ने बताए ।

    उनले पानीको अभावमा डोकोमा पानी बोक्नुपर्ने बाध्यताको अन्त्यका लागि आफूले काम गर्दै आएको र अझ बढी काम गर्ने हुटहुटी रहेको उल्लेख गरे ।

    ‘कुनै पदमा नहुँदा त संघर्ष गरेर हजारौँ महिलाका थाप्लोबाट नाम्लो हटाएँ, प्रतिनिधि सभा सम्म पुगेर नेतृत्व गरेँ भने तनहुँका लागि अझ बढी काम गर्छु,’ उनले भने ।