दमाैली । वैशाख १० गते हुने उपनिर्वाचन बहिष्कार गरौं भन्दै नारा लगाउने दमौलीबाट पक्राउ परेका छन् । नेकपा माओवादी बहुमत, नेकपा (मसाल) लगायत दलका कार्यकर्तालाई प्रहरीले व्यास नगरपालिका–३ अनसनचोकबाट पक्राउ गरेको हो ।
अनसन चोकमा कार्यक्रम गरिरहेकामध्ये पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यसक्रममा प्रहरी र ती दलका कार्यकर्ताबीच धकेलधुकुल भएको थियो ।