ओलीले भने : षड्यन्त्रपूर्ण फसाउन खोजे मान्य हुँदैन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ओलीले भने : षड्यन्त्रपूर्ण फसाउन खोजे मान्य हुँदैन

    खबरपुञ्ज संवाददाता

    २० बैशाख २०८०, बिहीबार

    काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्ना सचिवलाई षड्यन्त्रपूर्ण फसाइएको हुन सक्ने भन्दै शंका व्यक्त गरेका छन् ।

    सिंहरदबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले चार वर्षअगाडि चेक काटिएको घटनामा सांसद र उपप्रधानमन्त्री भइसकेको नेतालाई षडयन्त्रपूर्वक समाइएको बताएका हुन् । 

    चार वर्षअगाडि नै चेक काटेको छ । त्यो चेक पनि उसैसँग रहेको भन्ने छ,’ ओलीले भने, ‘एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेतालाई षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूर्ण छ । भागेर जाने कुरा होइन ।’

    ओलीले निर्दोषलाई फसाउन खोजिएको हुन सक्नै भन्दै मान्य नहुने चेतावनी पनि दिएका छन् ।  तानिएको हो कि तनाइएको हो, यसबारेमा हामी अध्ययन गर्दैछौं,’ ओलीले भने ।