सचिव पाण्डे थप सात दिन थुनामा रहने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सचिव पाण्डे थप सात दिन थुनामा रहने

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०८०, आईतवार

    काठमाडौ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गरेको मुद्दामा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई थप ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

    २० वैशाखमा जिल्ला अदालत काठमाडौंले पाण्डेलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । उक्त ३ दिनको म्याद आइतबार सकिएपछि प्रहरीले अनुसन्धान नसकिएको भन्दै हिरासतमा राख्ने समय थप गरिदिन अदालतमा पेश गरेको थियो । त्यसपछि अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिए ।