दमौली । व्यास नगरपालिका-१० मादी नदीमा माछा मार्दा मूर्ति फेला परेको छ । बोटे गाउँका सुरेश बोटेले जाल हानेर माछा मार्दा काली र शिवको मूर्ति फेला परेको हो ।
उक्त मूर्ति फेला परेपछि हेर्नका लागि सर्वसाधारणको भीड लागेको थियो। मूर्ति कहॉबाट बगाएर ल्यायो भन्ने खुलेको छैन ।