काठमाडाै । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएर फरार रहेका नेकपा एमालेका सचिव टाेपबहादुर रायमाझीलाई पार्टीले निलम्बन गरेकाे छ ।
पार्टीका महासचिव शङ्कर पाेख्रेलले बुधबार विज्ञप्ती जारी गरी अनुसन्धान र कारवाहीकाे प्रकृया टुङ्गाे नलागेसम्म उनलाई निलम्बन गरिएकाे जानकारी गराएका छन् ।