दमौली । तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्लेले जिल्लाका अलपत्र परेका विकास आयोजनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबारको संसद बैठकमा बोल्दै उनले चन्द्रावती मार्ग, घुमाउने पुल लगायत दर्जनौ विकासे आयोजना अलपत्र भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
https://youtube.com/shorts/5FtMtSC5huU?feature=share
उनले चन्द्रावती सम्जुर मार्ग ठेक्का लागेर पनि काम हुन नसकेको बताए । घुमाउनको पुल टेण्डर लागेपनि काम अगाडी नबढेको भन्दै उनले भने, ‘दमौली केशवटार मार्ग पनि चार वर्षदेखि हेलचक्र्याइले अलपत्र छ ।’
डा. वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संदिग्क्ष सबैलाई कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गरेका छन् ।