‘लम्पी स्किन’ नियन्त्रणका लागि आँबुखैरेनीले खाेप लगाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ‘लम्पी स्किन’ नियन्त्रणका लागि आँबुखैरेनीले खाेप लगाउने

    खबरपुञ्ज संवाददाता

    ८ जेष्ठ २०८०, मंगलवार

    दमाैली । आँबुखैरेनी गाउँपालिकाले लम्पी राेग नियन्त्रणका लागि पशुहरुलाई खाेप लगाउने भएकाे छ । पछिल्लाे समय गाउँपालिकाका सबै वडामा उक्त राेग फैलिएकाले नियन्त्रणका लागि खाेप लगाउन लागिएकाे हाे ।

    गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. सन्ताेष देवकाेटाले गाइभैंसीहरुमा फैलिएकाे लम्पी स्किन राेग नियन्त्रणका लागि पालिकाले निशुल्क खाेप लगाइदिने बताए ।

    गाईभैसीमा ज्वरो सहित शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने जस्ता लक्षण यस राेगमा देखिने बताइन्छ ।

    May be an illustration of ticket stub and text