दमौली । तनहुँ जिल्ला कबड्डी संघ गठन गरिएको छ । जिल्ला खेलकुद विकास समितिमा शुक्रबार आयोजित भेलाले संघ गठन गरेको हो ।
संघको अध्यक्षमा शशीराज अधिकारी चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा कृष्ण गिरी, कोषाध्यक्षमा सुनिता तिवारी र सदस्यहरुमा विगविना श्रेष्ठ, हरि सिग्देल, सिर्जना गुरुङ, रवीन्द्र खाती र दीपेन्द्र रानाभाट चयन भएका छन् ।
संघको सल्लाहकारमा किशोर श्रेष्ठ, भूपेन्द्र कोइराला र सन्जित काफ्ले चयन भएका छन् ।