दमौली । तनहुँको भानु नगरपालिका–६ सिमपानीकी क्यान्सर पीडित सुनिता पौडेल उपचारार्थ ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले दश हजार सहयोग गरेका छन् । चुमानले पौडेलको उपचारमा सहयोग पुर्याउन दश हजार सहयोग गरेका हुन् ।
सबैको धेरैथोरै सहयोगले उनको जीवन रक्षा हुने भएकाले आफूले केही सहयोग गरेको चुमानले बताए ।
१४ महिनादेखि आन्द्रा र पाठेघरको क्यान्सर पीडित बनेकी पौडेलको उपचारमा आर्थिक अभाव भएपछि सहयोग संकलन अभियान सञ्चालन गरिएको छ। भानुका युवा अभियान्ता मनोजकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत् सहयोग जुटाइरहेका छन् ।
घरको आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भएको पौडेलले बताएकी छन् । उनले हालसम्म छ पटक किमो चढाएका छिन् । क्यान्सरको उपचारका लागि शल्यक्रिया गर्नुपर्ने र धेरै रकम लाग्ने हुँदा उपचार गर्न नसकेको उनले गुनासो गरिन् ।