म्याग्देमा मनपाङ सामुदायिक होमस्टे संचालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देमा मनपाङ सामुदायिक होमस्टे संचालन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । म्याग्दे गाउँपालिका-६ मनपाङमा मनपाङ सामुदायिक होमस्टे संचालन हुने भएको छ । गुरूङ समुदायकाे बाक्लो बसोबास रहेको मनपाङका २२ घरले होमस्टे सचालन गर्ने भएका हुन ।

    सामुदायिक होमस्टेको म्याग्दे गाउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष वालकृष्ण घिमिरेले संयुक्त रूपमा केक काटेर शुभारम्भ गरेका हुन । पर्यटकीय, धार्मिक र सास्कृतिक दृष्टिकोणले अगाडि रहेको मनपाङमा पाउनाले सहज रूपमा मनोरञ्जन लिन सक्नेछन ।

    समुदायलाई होमस्टे सचालनका लागि ज्ञान,सीप,कानुन , पुर्वाधार तथा आत्मविश्वास बढाउनका लागि तालिम दिइएको म्याग्दे गाउँपालिकाका अधिकृत प्रदिप न्यौपानेले जानकारि दिए । पाहुनालाई खानाको परिकार वनाउन कुकिङ, सरसफाई, व्यवस्थापन तथा अतिथि सत्कार तालिम विज्ञद्वारा दिएको उनले बताए।

    होमस्टेबाट स्थानीयले मनग्य आम्दानी गर्न सक्ने र आन्तरिक तथा बाह्य पयटनमा वृद्धि हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितवहादुर रानाले बताए ।