म्याग्देमा महिलालाई झाेला बनाउने तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देमा महिलालाई झाेला बनाउने तालिम

    खबरपुञ्ज संवाददाता

    २१ जेष्ठ २०८०, सोमबार

    दमाैली । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जीवन परिवर्तन गर्न सकरात्मक साेचका साथ अगाडि वढनुपर्ने बताएका छन् । गरिबी निवारणका लागि लघु उद्मम विकास कार्यक्रमद्वारा म्याग्दे गाउँपालिका-५ मा सचालन गर्न लागिएकाे सिलाई तथा व्याग बनाउने तालिमकाे साेमबार उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले भने, “जीवन परिवर्तन गर्न सिकेको सिपलाई व्यवहारमा परिवर्तन गर्नुपछ” । सीप भएकाे मानिस सधै व्यवसाय अगाडि बढाउन सकरात्मक साेच राख्दा मनग्य आम्दानी गर्न सकिने उनले बताए ।

    म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले झाेला वबाउने तालिम महिलाकाे जीवनमा आयआर्जन गर्न प्रभावकाकारी हुने बताए । व्यवसायी बन्नेहरूलाई आवश्यक पहिचान गरि गाउँपालिकाले व्यवसाय गर्न सहयाेग गर्ने उनकाे भनाइ थियाे ।

    वडाध्यक्ष अध्यक्ष शिववहादुर आलेकाे अध्यक्षतामा आयाेजित कार्यक्रममा कार्यपालिका सदस्य चिनिमाया थापा, अधिकृत प्रदिप न्याैपाने लगायतकाले सिकेको सीपलाई व्यवहारमा प्रयाेग गर्दा आम्दानी गर्न सकिने धारणा व्यक्त गरे । १५ दिनसम्म सञ्चालन हुने उक्त तालिममा ६ प्रकारका झाेला निर्माण गर्ने लक्ष्य रहेकाे अधिकृत प्रदिप न्याैपानेले जानकारी दिए ।