सन्दिप लामिछाने अफ्रिका प्रस्थान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सन्दिप लामिछाने अफ्रिका प्रस्थान

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०८०, मंगलवार

    काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रीका प्रस्थान गरेका छन् । सन्दीप सोमबार राति दक्षिण अफ्रीका प्रस्थान गरेका हुन्।

    सन्दीप दक्षिण अफ्रीका पुगेर नेपाली टोलीसँग सामेल हुनेछन्। आइसीसी विश्वकप एकदिवसीय छनोटको अन्तिम तयारी गर्न नेपाली टोलीका अन्य खेलाडी दक्षिण अफ्रीका पुगिसकेका छन्।

    बलात्कार आरोपको कारण सर्वोच्च अदालतमा पेशी रहेकोले उनी गत मंगलबार टोलीका अन्य सदस्यसँग दक्षिण अफ्रीका गएका थिएनन्। तर, सन्दीपको पेशी असार २९ सम्मलाई सरेपछि उनी सोमबार दक्षिण अफ्रिका गएका हुन्।