भानु नगरपालिकाका वहालवाला जनप्रतिनिधिले बुझे दोहोरो भत्ता, फिर्ता गर्न मलेपको निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानु नगरपालिकाका वहालवाला जनप्रतिनिधिले बुझे दोहोरो भत्ता, फिर्ता गर्न मलेपको निर्देशन

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०८०, आईतवार

    दमौली । भानु नगरपालिकाका वहालवाला जनप्रतिनिधिले दोहोरो अनुगमन भत्ता बुझेका छन् । उपप्रमुख उमा गोतामे सहित वडाध्यक्ष, कार्यपालिका सदस्यहरुले दोहोरो अनुगमन भत्ता बुझेका हुन् ।

    गाउँसभा नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा सम्बन्धी ऐन २०७७ को दफा ७ मा पदाधिकारी तथा सदस्यले अनुसूची बमोजिमके अनुगमन सुविधा पाउने उल्लेख गरे बमोजिम मासिक रुपमा अनुगमन भत्ता भुक्तानी दिएको छ । पालिकाले विभिन्न जनप्रतिनिधिलाई पालिका अन्तर्गतका योजनाहरुको अनुगमनमा खटिएको अनुगमन भत्ता भुक्तानी गरेकाले दोहोरो अनुगमन भत्ता असुल गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ ।