सांसद श्रेष्ठको संयोजकत्वमा चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सांसद श्रेष्ठको संयोजकत्वमा चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन

    खबरपुञ्ज संवाददाता

    ३० जेष्ठ २०८०, बुधबार

    काठमाडाै । उखु किसानका समस्या समाधान गर्न कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन भएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबार बसेको बैठकले पाँच सदस्यीय चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन गरेको हो। 

    समिति सचिव रामकुमार पौडेलले उखु किसान र उद्योगबीचका समस्या अध्ययन गरी समाधान गर्नको लागि समिति सदस्य कृष्णकुमार श्रेष्ठ संयोजक रहने गरी पाँच सदस्यीय उपसमिति गठन भएको बताए। उहाँले उपसमिति सदस्यमा कान्तिका सेजुवाल, गणेश पराजुली, रामशंकर यादव र सूर्यमान दोङ तामाङ रहेको बताए। उनले समितिलाई अध्ययन प्रतिवेदनको लागि एक महिनाको समय दिइएको बताउनु भयो। उहाँले समितिले उद्योगी व्यवसायीसहितको छलफल गरेर अध्ययन प्रतिवेदन समिति बैठकमा पेस गर्ने कार्यादेश दिएको बताए। 

    समितिलाई अध्ययन प्रतिवेदनको लागि एक महिनाको समय दिइएको छ। समितिले उद्योगी व्यवसायी सहितको छलफल गरेर अध्ययन प्रतिवेदन समिति बैठकमा पेस गर्ने कार्यादेश दिएको छ।’

    बैठकमा समिति सदस्य कृष्णकुमार श्रेष्ठले उखु किसानलाई धेरै समस्या रहेको बताउनुभयो। उहाँले उखु किसानका समस्या समाधानको लागि समितिले तत्काल कदम चाल्नुपर्ने आवश्यकता रहेको बताए ।