दमौली । व्यास नगरपालिका-२ गणेशमानचोकस्थित दमौली ट्रेड सेन्टरको पुन: टेण्डर नगर्न नगरस्तरीय राजनीतिक दलले जिल्ला समन्वय समितिको ध्यानाकर्षण गराएको छ ।
नेकपा एमाले व्यास नगर कमिटीका कार्यवाहक अध्यक्ष तुल्सीराम पाण्डेको नेतृत्वमा बिहीबार समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई ज्ञापनपत्र बुझाउँदै उक्त ठाउँको पुन: टेण्डर नगर्न ध्यानाकर्षण गराएको हो । ज्ञापनपत्रमा स्थानीयवासीको जनभावना अनुसार अगाडी बढ्न आग्रह गरिएको छ।
बिहीबार नै पाण्डेको संयोजकत्वमा सर्वदलीय बैठक बसेको थियो । बैठकमा नेपाली कांग्रेस नगर सभापति सूर्यचन्द्र हड्खले, नेकपा माओवादी केन्द्रका गोपाल सुर्खाली, रास्वपाका चुडामणि दाहाल, नेकपा एकीकृत समाजवादीका मंगलप्रसाद श्रे्ष्ठ लगायत सहभागी थिए ।