दमाैली । राष्ट्रपति रामचन्द्र पाैडेलकाे उपचारका लागि सहयाेग पुर्याउन उनकै गृहजिल्लामा सहयाेग सङ्कलन थालिएकाे छ । अनेरास्ववियु तनहुँले जिल्लाका विभिन्न ठाउँमा रु एक सहयाेग सङ्कलन अभियान सुरु गरेकाे हाे ।
भारतमा उपचारबाट फर्किएपछि राष्ट्रपतिले आफैले उक्त उपचार खर्च बेहाेर्न चाहेकाे सचिवालयले विज्ञप्ती निकालेकाे थियाे । तर केही दिनअघि परराष्ट्र मन्त्रालयले ५५ लाख भन्दा बढीकाे खर्च निकासका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेपछि आलाेचना भएकाे छ ।
अनेरास्ववियुका सचिव मनाेज बानियाँले सर्वसाधारणले स्वतस्फूर्त रुपमा अभियानमा सहयाेग गरेकाे जानकारी दिए ।