दमौली ट्रेड सेन्टरको टेण्डर ६ महिनाका लागि खुलाउने निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली ट्रेड सेन्टरको टेण्डर ६ महिनाका लागि खुलाउने निर्णय

    खबरपुञ्ज संवाददाता

    ३० असार २०८०, आईतवार

    दमौली । व्यास नगरपालिका-२ गणेशमानचोकस्थित दमौली ट्रेड सेन्टरको टेण्डर खुल्ने भएको छ । जिल्ला सभाको आइतबार बसेको बैठकले ट्रेड सेन्टरको टेण्डर खुलाउने निर्णय गरेको हो ।

    सभाले ६ महिनाका लागि टेण्डर खोल्ने निर्णय गरेको छ । ६ महिनाका बीचमा अध्ययन गर्ने र त्यसपछि के गर्ने भन्ने विषयमा पछि छलफल गर्ने निर्णय भएको छ ।

    व्यास नगरपालिका-२ का टोलवासीले भने उक्त ठाउँ हटाएर त्यहाँ पार्क बनाउनुपर्ने माग राख्दै आएका छन् । स्थानीयले जिल्ला समन्वय समितिका प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै साउन १ देखि त्यहाँ टेण्डर नगर्न ध्यानाकर्षण गराएका थिए ।

    जिल्ला समन्वय समितिले विसं २०६९ साउन १ गतेदेखि दिपेश बस्नेतलाई भाडामा दिँदै आएको जग्गा भाडामा लिने दिनेबीच भएको पछिल्लो सम्झौता अनुसार २०८० असार मसान्त पश्चात् सम्झौताको म्याद समाप्त हुने र उक्त जग्गामा बनेको संरचना स्वतः जिल्ला समन्वय समितिको स्वामित्वमा आउने उल्लेख छ ।

    तर सम्झौताकर्ता दिपेश बस्नेतले सम्झौतामा उल्लेख भए बमोजिमको जग्गा प्रयोग गर्न नपाएको भन्दै पुनः चार वर्षका लागि उक्त ठाउँको सम्झौता गर्न पाउनुपर्ने भन्दै उच्च अदालत पोखरामा मुद्धा दर्ता गराएका छन् ।