देउरालीमा वर्षाले सडक भासियो, पृथ्वीराजमार्ग एकतर्फी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देउरालीमा वर्षाले सडक भासियो, पृथ्वीराजमार्ग एकतर्फी

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०८०, मंगलवार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा मङ्गलबार सडक भासिएको छ । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण देउरालीमा सडक भासिएको हो ।

    मुग्लिन पोखरा सडक विस्तार योजनाको काम भइरहेकाले उक्त ठाउँमा सडक भासिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सडक भासिँदा उक्त खण्ड एकतर्फी भएको छ । सडक एकतर्फी भएकाले सवारी साधनको चाप बढेको छ ।

    साथै निर्माणाधीन आँबुखैरेनी–जामुने–कोत्रे सडकखण्डमा वर्षातको पानीका कारण ठाउँ–ठाउँमा साना तथा ठूला पहिरो जाने, सडक भासिने र सवारी साधन फस्ने समस्या रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक राजिव विष्टले जानकारी दिए।