पोखरा । करेन्ट लागेर कास्कीको पोखरा महानगरपालिका–१८, सराङकोटमा एक महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सराङकोट गोठादीकी ३० वर्षीया मेनुका बस्नेत थापाको कुखुरालाई दाना दिनेक्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
थापाको पोस्टमार्टमपछि बुधबार पोखरास्थित रामघाटमा अन्त्येष्टि गरिएको वडा सदस्य कल्पना कार्की ढकालले जानकारी दिइन् । उनका श्रीमान् तथा ११ वर्षका छोरा र ७ वर्षकी छोरी छन् ।