दमाैली । साउन २६ र २७ गते हुने एसइइको ग्रेडवृद्धि परीक्षाका लागि तनहुँमा चार केन्द्र तोकिएको छ । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा पुरक (ग्रेडवृद्धि) का लागि जिल्लामा चार परीक्षा केन्द्र तोकिएको हो ।
दमौलीस्थित सत्यवती मावि, निर्मल मावि, बालमन्दिर मावि र जलदेवी माविमा परीक्षा केन्द्र तोकिएको छ । सत्यवती माविमा ४१००१ देखि ४२०२० सम्मका विद्यालय, बालमन्दिरमा ४२०२१ देखि ४२०४४ सम्मका विद्यालय, निर्मल माविमा ४२०४५ देखि ४२१०५ सम्म र जलदेवी माविमा ४२१०६ देखि ४२१८७ सम्मका विद्यालयका विद्यार्थी सहभागी हुनेछन् ।
साउन २६ गते शुक्रबार अनिवार्य अंग्रेजी, एक विषयमात्र परीक्षा दिने परीक्षार्थीको सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले परीक्ष दिने विषयहरुमध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ ।
साउन २७ गते शनिबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ ।
परीक्षाफल रद्ध भएका परीक्षार्थीहरु ग्रेडवृद्धि परीक्षामा सहभागी हुन नपाउने जनाइएको छ ।