सामुदायिक वन दिवसमा डिभिजन वन कार्यालय म्याग्दी सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    सामुदायिक वन दिवसमा डिभिजन वन कार्यालय म्याग्दी सम्मानित

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०८०, बिहीबार

    दमौली । सामुदायिक वन दिवसको अवसरमा डिभिजन वन कार्यालय म्याग्दी सम्मानित भएको छ । वन तथा भूसंरक्षण विभागले डिभिजन वन कार्यालय म्याग्दीलाई बिहीबार सम्मानित गरेको हो ।

    वनको संरक्षण, सम्बर्धन, दिगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षणमा वन उपभोक्ता समूह परिचालन मार्फत् उत्कृष्ट ढंगले कार्य सम्पादन गरी आर्थिक वर्ष २०९०/८० मा जिल्ला अन्तर्गतका समूहलाई पुरस्कृत गराउन भूमिका खेले बापत डिभिजन वन कार्यालयलाई सम्मानित गरिएको हो ।

    बिहीबार काठमाडौमा आयोजित कार्यक्रममा डिभिजन वन प्रमुख मनोज रानाभाटलाई सम्मान पत्र प्रदान गरिएको छ ।

    वन दिवसको अवसरमा म्याग्दीको वेनी नगरपालिका-४ स्थित थामडॉडा सामुदायिक वनले गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारमा दोस्रो पुरस्कार प्राप्त गरेको छ । सो समूहले नगद रु ७५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।