सभागृह आडैमा विपी कोइरालाको शालिक बनाउने तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सभागृह आडैमा विपी कोइरालाको शालिक बनाउने तयारी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । व्यास नगरपालिका-३ विपी वनवाटिकास्थित सभागृहको आडैमा नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाको शालिक निर्माण गर्न लागिएको छ ।

    सरकारी जग्गामा पार्टीका नेताको शालिक निर्माणको तयारी गरिएको हो । नेपाली कांग्रेस व्यास नगर समितिले त्यहॉ शालिक राख्ने तयारी गरेको छ। त्यसका लागि हाल बेलको रुख भएको ठाउँमा पूर्वाधार निर्माण भइरहेको छ ।

    उक्त ठाउँमा शालिक राख्ने तयारीप्रति केही नगरवासीले असन्तुष्टि जनाएका छन् ।