सभाहल र समन्वय समितिकाे ताला खुल्याे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सभाहल र समन्वय समितिकाे ताला खुल्याे

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०८०, मंगलवार

    दमाैली । व्यास नगरपालिका-३ मा निर्माणकाे अन्तिम चरणमा रहेकाे सभागृह अपाङ्गतामैत्री हुनुपर्ने माग सहित लगाइएकाे तालाबन्दी खुलेकाे छ । पहुँचयुक्त सभागृह निर्माणका लागि अपाङ्गता भएका व्यक्तिहरुको संघर्ष समितिकाे नेतृत्वमा सभागृहकाे मुख्य गेट र समन्वय समितिकाे भवनमा लगाइएकाे ताला मङ्गलबार खाेलिएकाे हाे ।

    राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष खाेमराज शर्माकाे उपस्थितिमा ताला खाेलिएकाे सङ्घर्ष समितिका संयाेजक मदन पाैडेलले जानकारी दिए । अबका दिनमा याे सवाललाई महासङ्घले नै उठाउने उनले बताए । पाैडेलले अब आन्दाेलनकाे स्वरुप परिवर्तन हुने जानकारी दिए ।

    सभागृहकाे मूल ढोका र जिल्ला समन्वय समिति तनहुँका प्रमुख तथा समन्वय अधिकारीको कार्य कक्षमा तालाबन्दी गरे पश्चात् कथित वार्ताको नाटक मञ्चन गरी भदाै ५ गते प्रकृया आरम्भ गरिएकाे उनकाे भनाइ छ । उनले भने, ‘हामी वार्ता विरोधी नभएकोले सहज रूपमा स्वीकार गरि वार्ता बस्यौं तर तालाबन्दीको समयमा जनप्रतिनिधिबाट जुन कुरा संघर्षरत पक्षसँग व्यक्त गरिएको थियो उक्त कुराबाट जनप्रतिनिधि स्वयं चुकेको पाइयो ।’

    स्थायी संयन्त्र हुनुको नाताले प्रमुख जिल्ला अधिकारीबाट व्यक्त भएकाे कुरालाई कम आँकलन गर्न नमिल्ने पाैडेलले बताए । यद्यपि जनप्रतिनिधिको भूमिका भने शंकास्पद रहेकोले संघर्षको रुप परिवर्तन गरि संघर्षलाई थप मजबुत बनाउन कटिबद्ध रहेकाे उनले बताए ।