काठमाडौँ । अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको एसोसियसन ‘अमेरिकन च्येम्बर्स अफ कमर्स नेपाल’ (एमच्याम)का अध्यक्ष अजित शाह सहितको समुहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीसँग भेटवार्ता गरेको छ ।
मंगलबार मन्त्रालयमा एमच्यामका पदाधिकारी र मन्त्री किराँतीबीच भेटवार्ता भएको हो ।
भेटमा अध्यक्ष शाहले नेपालको पर्यटकीय क्षेत्रमा लगानी र अमेरिकी पर्यटक भित्र्याउन अमेरिकन च्याम्वर अफ कमर्श नेपालले खेलेको भूमिकाबारे मन्त्री किराँतीलाई जानकारी गराएका थिए ।
छलफलका क्रममा मन्त्री किराँतीले एमच्यामलाई अमेरिकी पर्यटकलाई नेपाल भित्र्याउनका लागि पूर्ण साथ र सहयोग एवम् सहकार्य गरि अगाडि बढ्न मन्त्रालयले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।