दमाैली । नेकपा (माओवादी) केन्द्रले सञ्चालन गर्न लागेको जनतासँग माओवादी अभियान अन्तर्गत तनहुँका पालिकामा केन्द्रीय सदस्यलाई जिम्मेवारी दिइएको छ । नेकपा (माओवादी) केन्द्र तनहुँ जिल्ला समन्वय समितिको आज सम्पन्न बैठकले जिल्लाका दश वटै पालिकामा अभियान सञ्चालन गर्नकाा लागि केन्द्रीय सदस्यलाई जिम्मा दिने निर्णय गरेको हो ।
अभियानमार्फत् जिल्लाका सबै पालिकाका ८५ वटै वडामा जनतामाझ पुग्ने कार्यक्रम रहेको पार्टीका जिल्ला सदस्य सुदीन पाैडेलले जानकारी दिए ।
जसअनुसार व्यास नगरपालिकामा केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज शैलेन्द्र घिमिरे, शुक्लागण्डकी नगरपािलकामा तेजकुमारी पौडेल, भानु नगरपालिकामा हरिबहादुर चुमान, भिमाद नगरपालिकामा अनिल परियार, ऋषिङ गाउँपालिकामा ओमराज आले, आँबुखैरेनी गाउँपालिकामा प्रदेश कमिटी सदस्य गायत्री गुरुङ, बन्दीपुर गाउँपालिकामा खोमबहादुर कंडेल, देवघाट गाउँपालिकामा देवेन्द्र पराजुलीलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै जिल्ला स्तरीय नेताहरुलाई वडाको जिम्मेवारी दिइएको छ । तीन महिनासम्म सञ्चालन हुने अभियानमा सबै समिति डिजिटल बनाउने, वार्षिक कार्यतालिका बनाउने लगायतका कार्यक्रम सञ्चालन हुनेछ ।
बैठकमा प्रदेश कमिटी अध्यक्ष गायत्री गुरुङ, केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज शैलेन्द्र घिमिरे, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशसभामा माओवादी नेता हरिबहादुर चुमान लगायतले अभियान सम्मेलन बनाउन सबै लाग्नुपर्ने बताए ।