काठमाडौ। नेपाली क्रिकेटका पूर्व खेलाडी पारस खड्काले नेपाल क्रिकेट संघको बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । खड्काले शुक्रबार सामाजिकसञ्जालमार्फत् बागमती प्रदेशको अध्यक्षमा घोषणा गरेका हुन् ।
जिल्ला क्रिकेट संघ काठमाडौँ, भक्तपुर, ललितपुर तथा मकवानपुरको संयुक्त समर्थनमा बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको उनले बताए ।