श्रीकृष्ण जन्मष्टीमा दमाैलीमा महामहोत्सव हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    श्रीकृष्ण जन्मष्टीमा दमाैलीमा महामहोत्सव हुने

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०८०, मंगलवार

    दमाैली । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) दमौलीले श्रीकृष्ण जन्मष्टमीमा महामहोत्सव आयोजना गर्ने भएको छ । इस्कोन दमौलीले भदौ २० गते बुधबार महामहोत्सव आयोजनाको तयारी गरेको हो ।

    उक्त कार्यक्रममा हरिनाम सङ्कीर्तन सहित नगर परिक्रमा, कृष्णकथा प्रवचन, कृष्णझुला, कृष्णलीला, यज्ञ, अभिषेक, दिपदान, नाटक तथा विभिन्न धार्मिक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष रविलाल थापाले जानकारी दिए ।

    वैदिक सनातन हिन्दु धर्मको संरक्षण, सम्बद्र्धन तथा व्यासपराशर क्षेत्रको प्रचारप्रसार गर्ने उद्धेश्यसहित कार्यक्रम गर्न लागिएको उनकाे भनाइ छ । चार वेद अठार पुराणका रचयिता वेदव्यासको अवतरण भूमि दमौलीलाई विश्वमाझ चिनाउन, प्रचारप्रसार गर्न तथा आध्यात्मिक जागरण ल्याइ मानव समाजलाई सहीमार्ग निर्देशन गर्ने उद्धेश्य राखिएको थापाले बताए।

    विगत एक वर्षदेखि सङ्घको दमौलीस्थित कार्यालयमा नियमित शनिबारे सत्सङ कार्यक्रम हुँदै आएको छ । उक्त कार्यक्रममा नियमित भागवद्गीता, श्रीमद्भागवत महापुराण लगायतका प्रवचन, कलेज तथा विद्यालयमा सेमिनार तथा गोष्ठि, हरे कृष्ण मन्त्र जप, हरिनाम सङ्कीर्तन सहित भजन किर्तन तथा भक्तजनलाई निःशुल्क प्रसाद वितरण हुँदै आएको छ ।

    सङ्घले आगामी दिनमा व्यास पराशर अवतरण क्षेत्रलाई विश्वमाझ प्रचारप्रसार तथा धार्मिक एवं आध्यात्मिक विकास गर्नका लागि विभिन्न परियोजना सहितको गुरुयोजना निर्माण गरेको छ । जस अन्तर्गत श्रीश्री राधा कृष्ण मन्दिर, ब्रह्मचारी आश्रम, सन्यास आश्रम, सभा हल, पाहुना घर, गुरूकुल पाठशाला, भक्तिवेदान्त हस्पिटल, गौशाला, वैदिक पुस्तकालय, अनाथालय आश्रम सहितको योजना निर्माण गरिएको सङ्घका सदस्य इन्जिनियर सुशील खनालले जानकारी दिए।

    परियोजना निर्माणका लागि विभिन्न सरकारी निकायहरू, सङ्घीय तथा प्रदेश सरकार तथा व्यास नगरपालिका, विभिन्न सामाजिक सङ्घसंस्था, राजनीतिक दललाई आग्रह गरिने उनकाे भनाइ छ ।