दमाैली । श्रीकृष्ण जन्माष्टमीको अवसरमा तनहुँका विभिन्न ठाउँमा बुधबार रोपाइँ जात्रा निकालिएको छ । तनहुँको सदरमुकाम दमौली, पर्यटकीय नगरी बन्दीपुर, डुम्रे, आँबुखैरेनी लगायतका ठाउँमा रोपाइँ जात्रा निकालिएको हो ।
दमाैली बजारमा तनहुँसुर भिमसेन धर्मगुठीकाे आयाेजनामा राेपाइँ जात्रा निकालिएकाे छ । आँबुखैरेनी बजारमा आँबुखैरेनी सांस्कृतिक संरक्षण मञ्चको आयोजनामा रोपाइँ जात्रा निकालिएको छ ।
यसैगरी पर्यटकीय नगरी बन्दीपुरमा नेवार समुदायले रोपाइँ जात्रा निकालेका छन् । जात्राको संरक्षण गर्ने उद्धेश्यसहित यहाँका नेवार समुदायले विभिन्न जात्रा प्रदर्शन गर्ने क्रममा बुधबार रोपाइँ जात्रा गरेका हुन् ।
रोपाइँ जात्रा अगाडी नेवार समुदायले आजै बिहान रोपाइँ जात्राको होपाचा गरेका थिए । विभिन्न भेषमा सजिएर उनीहरुले बजारमा होपाचा गरेका थिए । होपाचा भनेको ठूलो स्वरमा कार्यक्रमको निम्तो दिनु हो ।
यहाँका नेवार समुदायले विभिन्न जात्राको संरक्षण र प्रबद्र्धन गर्दै आएको बन्दीपुर नेवा पुचका अध्यक्ष किसान प्रधानले जानकारी दिए ।