विश्वकप एसियाली छनोटबाटै बाहिरियो नेपाल, थाइल्यान्डसँग ४६ रनले पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    विश्वकप एसियाली छनोटबाटै बाहिरियो नेपाल, थाइल्यान्डसँग ४६ रनले पराजित

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०८०, शुक्रबार

    काठमाडौं । नेपाल मलेसियामा जारी महिला टी-२० विश्वकपको एसियाली छनोटबाटै बाहिरिएको छ ।

    शुक्रबार बिहान भएको खेलमा थाइल्यान्डले नेपाललाई ४६ रनले पराजित गर्‍यो ।

    १०६ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर ५९ रन जोड्यो । नेपालका लागि कविता कुँवरले १७ तथा अप्सरा बेगम र कविता जोशीले १०/१९ रन बनाए । जितसँगै थाइल्यान्ड विश्वकपको विश्वस्तरको छनोटमा पुगेको छ ।

    थाइल्यान्डले सन् २०२० मा विश्वकप खेलेको थियो।