दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित अस्पतालको एम्बुलेन्सले नागरिकलाई निःशुल्क सेवा दिइरहेको छ । अस्पतालमा सञ्चालनमा आएको एम्बुलेन्सले गाउँपालिकाका नागरिकलाई निःशुल्क रुपमा सेवा दिँदै आएको छ ।
यसैक्रममा आँबुखैरेनी गाउँपालिका–१ सत्रसयफाँट निवासी मैया सार्कीलाई गाउँपालिकाको एम्बुलेन्सले निःशुल्क रुपमा चितवन अस्पतालमा पु¥याएको छ । अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई एम्बुलेन्सले चितवन अस्पताल पु¥याएको वडा सदस्य कुमार मगरले जानकारी दिए ।