दमौली । नेकपा एमाले ऑबुखैरेनी गाउँ कमिटीकी पूर्व अध्यक्ष मिना अधिकारीले पार्टी परित्याग गरेकी छन् । अधिकारीले पार्टी परित्याग गर्दै नेकपा माओवादी प्रवेश गरेको घोषणा गरेकी छन् ।
अधिकारीलाई माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी प्रवेश गराएका छन् । मुस्ताङमा आयोजित एक कार्यक्रममा दाहालले अधिकारीलाई पार्टीमा स्वागत गरेका छन् ।
अधिकारीलाई माओवादी भित्र्याउन गाउँपालिका अध्यक्ष शुक्र चुमानले पहल गरेका थिए ।
विशेष परिस्थितिमा आफ्नो निर्णयले नेकपा एमालेमा पर्न गएको असरप्रति उनले माफी मागेकी छन् ।
उनले भनेकी छन्, ‘नेपालको कम्युनिष्ट आन्दोलनको यात्रामा विभिन्न आरोह अवरोह खेप्दै समय र मौकामा पार्टीले निर्णय नगर्दा भोग्नुपरेका पीडाको त कुनै मूल्य नै छैन । त्यसमा पनि माथिका नेता मिल्दा सबै कुरा ठिक र नेता नमिल्दा सबै बेठिक भन्ने पद्धतिलाई चुनौति दिँदै एउटा धारालाइ थाति राख्दै अर्को धारलाइ अँगाल्ने निर्णय लिएको छु ।’