सुनको मूल्यमा फेरि बन्यो नयाँ रेकर्ड, तोलाकै एक लाख १५ हजार पाँच सय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनको मूल्यमा फेरि बन्यो नयाँ रेकर्ड, तोलाकै एक लाख १५ हजार पाँच सय

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडाै । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

    लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।बिहीबार पनि रेकर्ड बनाएको सुनको मूल्य तोलामा एकै दिन एक हजार आठ सय रूपैयाँले बढेको हो। 

    बिहीबार सुन प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। आज शुक्रबार सुन प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ पुगेको छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

    बिहीबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।